प्राइम कमर्सियल बैंकको नाफा ३२.१३ प्रतिशतले बढ्यो 

नेपालभ्युज

प्राइम कमर्सियल बैंकको नाफा ३२.१३ प्रतिशतले बढ्यो 

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तुलनात्मक रूपमा बैंकले गत वर्षभन्दा ३२.१३ प्रतिशत बढी नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ दशमलव ५४ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १३.११ प्रतिशत र सञ्चालन मुनाफा ३२ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ १० पैसा रहेको छ ।

१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ । त्यसै गरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved