खराब कर्जा बढेसँगै नेपाल एसबीआई बैंकको नाफा २८.६० प्रतिशतले घट्यो

नेपालभ्युज

खराब कर्जा बढेसँगै नेपाल एसबीआई बैंकको नाफा २८.६० प्रतिशतले घट्यो

काठमाडौं । नेपाल एसबीआई बैंकको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांक सार्वजनिक भएको छ । जसअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.६० प्रतिशतले कम हो । अघिल्लो वर्षको यस अवधिमा बैंकले १ अर्ब १७ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सार्वजनिक ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आएसँगै नाफामा धक्का लागेको हो । बैंकको खुद ब्याज आम्दानी ०.५६ प्रतिशतले घटेर २ अर्ब ६५ करोड ८५ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

सञ्चालन नाफा पनि २८.९१ प्रतिशतले घटेर १ अर्ब १८ करोड ३९ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । वितरणयोग्य नाफा ४९ करोड ५५ लाख ८७ हजार रुपैयाँ छ । चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७५ पैसाले घटेर १६ रुपैयाँ ५१ पैसामा सीमित भएको छ । अघिल्लो वर्षको यस अवधिमा यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५१ पैसा थियो । त्यस्तै, बैंकको खराब कर्जा १.८२ प्रतिशतले बढेर २.२९ प्रतिशत पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved