बच्चा जन्मिन महिना दिन मात्र बाँकी थियो, श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या

नेपालभ्युज

बच्चा जन्मिन महिना दिन मात्र बाँकी थियो, श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या
सांकेतिक तस्वीर

चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले बच्चा जन्माउने समय हुन लागेकी गर्भवती पत्नीको हत्या गरेका छन् ।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले श्रीमती ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । चनिसरा ८ महिनाकी गर्भवती थिइन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार श्रीमतीको हत्या गर्ने शेरबहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved