जुन सुकै मुलुकको सेनामा लुकीछिपी भर्ति हुँदा समस्या भयो : प्रधानमन्त्री दाहाल

नेपालभ्युज

जुन सुकै मुलुकको सेनामा लुकीछिपी भर्ति हुँदा समस्या भयो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वरत मुलुकका सेनामा नेपाली युवा भर्ति हुने प्रवृत्तीलाई रोक्नु पर्ने बताएका छन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री दाहालले नेपाली युवाहरुले राज्यको नीति र संविधान विपरित हाम फालेर जुन सुकै मुलुकको सेनामा भर्ति हुँदा समस्या भएको बताए ।

उनले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन सञ्चार माध्यमलाई आह्वान गरे । दाहालले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्ने वित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् । रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्री दाहालको भनाई छ ।

आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस–युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्ने वित्तिकै रुसले मानिहाल्ने स्थिति छैन ।’

रुसका उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भने पनि समस्या सोचे जस्तो सजिलो नभएको उनले बताए । जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्दा समस्या भयो जनचेतना फैलाउन पर्यो,’ प्रधानमन्त्री दाहालले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved