भियतनाममा श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी

नेपालभ्युज

भियतनाममा श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी

हनोई । भियतनामको स्वास्थ्य मन्त्रालयले चन्द्रमासको नयाँ वर्ष अगाडि श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी दिएको छ ।

अन्तर देशीय यात्रा र व्यापारिक गतिविधिले सङ्क्रामक रोक थप फैलिन सक्ने भन्दै सीमानाकाहरूमा मेडिकल सुपरिवेक्षणलाई तीव्रता दिन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ । ज्वरो र इन्फ्लुएन्जाका नयाँ संस्करणको बढ्दो सङ्क्रमण देखिएसँगै मन्त्रालयले सम्बन्धित पक्षलाई सचेत रहन आग्रह गरेको छ ।

विशेष गरी बिदाको समयमा सीमा नाकामा शंकास्पद लक्षण देखिएकालाई कडाइका साथ निगरानी गर्दै प्रारम्भिक निदान र क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ ।

विगत दुई हप्तामा हनोईका अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरू बढेका छन् । राष्ट्रिय बालरोग अस्पतालमा दैनिक १०० देखि १५० जना फ्लु भएका बालबालिकाहरू आउने गरेका छन् जसमध्ये १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका रहेको चिकित्सकहरूले बताएका छन् । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved