मेलम्चीको खानेपानी नआए तुरुन्त फोन गर्न सरकारको आग्रह

नेपालभ्युज

मेलम्चीको खानेपानी नआए तुरुन्त फोन गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले मेलम्चीको खानेपानीका विषयमा कुनै समस्या भए तत्काल फोन गर्न आग्रह गरेको छ । खानेपानी मन्त्रालयले आज सूचना जारी गर्दै सरकारले तोकेका फोन नम्बरमा उजुरी गर्न सकिने जनाएको छ ।

उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले समान र नियमित रूपमा उपभोक्ताको धारामा पानी वितरणकालागि निर्देशन दिए बमोजिम मन्त्रालयले हटलाइन मार्फत उपभोक्ताका गुनासो समाधान गर्न अग्रसरता देखाएको हो ।

सरकारले दिएको निर्देशन कार्यान्वयन गराउन खानेपानी मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ । सोही अनुसार मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न मन्त्रालयले सूचना प्रकाशन गरी नम्बर समेत सार्वजनिक गरेको छ ।

मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा उल्लेख गरिएका नम्बरहरूमा सिधा सम्पर्क राखी समाधान खोज्न आग्रह गरिएको छ ।

पढ्नुहोस सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved