वायुसेवा निगमको वाइडबडीमा खराबी, काठमाडौ र दोहामा ५३२ यात्रु अलपत्र

नेपालभ्युज

वायुसेवा निगमको वाइडबडीमा खराबी, काठमाडौ र दोहामा ५३२ यात्रु अलपत्र
तश्वीर : जेट फोटोज

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडीमा खराबी देखिएपछि काठमाडौंबाट दोहा उड्नुपर्ने २ सय ७६ यात्रु नेपालमा अलपत्र परेका छन् । काठमाडौं आउनुपर्ने २ सय ५६ यात्रु दोहामा अलपत्र परेका छन् ।

आरए–२३९ उडान नम्बरको ‘अल्फा लिमा जुलु’ जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा ‘फल्ट’ देखिएकाले उड्न सकेन । सोमबार राति साढे १ बजे जहाज ग्राउन्डेड गरिएको घोषणा गर्दै दोहा उडान रद्ध गर्नुपर्ने जनाएको थियो ।

काठमाडौंमा अलपत्र परेका यात्रुलाई राति २ बजे सुन्धारा, गौशाला र ज्ञानेश्वरमा गरी तीनवटा होटलमा राखिएको उक्त उडानसँग सम्बन्धित एक कर्मचारीले बताए ।

निगमको अपरेसन विभागका अधिकारीका अनुसार जहाज कतिबेला मर्मत सकिन्छ भन्ने यकिन भनिसकेको छैन ।

निगमसँग दुईवटा न्यारो र दुइटा वाइडबडी जहाज छन् । यीमध्ये एउटा न्यरोबडी मर्मतका लागि इजरायलमा पठाइएको छ । अर्को वाइडबडी दुबईबाट फर्किँदै छ । त्यो जहाज मंगलबार बेलुकी जापानको नारिता उड्नुपर्ने तालिका छ । तरपनि, काठमाडौंबाट दिल्ली जानुपर्ने वा दिल्ली उडान रद्ध गरेर दोहो उड्नुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved