प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदैछन् ।

कीर्तिपुरमा एपीएफ क्लब र बाग्मती प्रदेशबीच खेल हुने छ भने भैरहवामा कर्णाली र गण्डकी प्रदेश भिड्ने छन् ।

दुबै खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछन् । जारी प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० वटा टोली सहभागी भएका छन् ।

हिजो पहिलो दिन तीन वटा खेल भएकोमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved