हरेक महिना खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो, पछिल्ला ५ महिनामा ६ खर्ब जम्मा

नेपालभ्युज

हरेक महिना खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो, पछिल्ला ५ महिनामा ६ खर्ब जम्मा

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो ५ महिनाको प्रतिवेदनमा रेमिट्यान्स आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेको हो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा उल्लेख तथ्यांकले विप्रेषणमा सुधार आएको पुष्टि गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिको यो ५ महिनामा चालु खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved