अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना

नेपालभ्युज

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना

सिड्नी । अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेको अस्ट्रेलियाली पत्रिकाले जनाएको छ ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इन्जिनमा प्राविधिक समस्या भएको सङ्केतपछि चालकले ‘लिजार्ड आइल्याण्ड’मा फर्कने प्रयास गरेको अस्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका प्रमुख आयुक्त एङ्गस मिचेलले बताए ।

विमानमा सवारहरूलाई गम्भीर चोटपटक लागेको रिपोर्टहरू मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समाचार वेबसाइट न्युज डट कमकाअनुसार क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ) ले घाइते सबैलाई केअन्र्स अस्पतालमा लगिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङ्ले दुर्घटनामा भाइते भएकामध्ये एक जनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved