त्रिवि उपकुलपतिका लागि दोस्रोपटक दरखास्त आव्हान

नेपालभ्युज

त्रिवि उपकुलपतिका लागि दोस्रोपटक दरखास्त आव्हान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपति पदमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आव्हान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।

समितिको हिजो बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि पुनः दरखास्त माग गरेको हो ।

यसअघि पहिलो पटक आव्हान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो । सो मापदण्ड साँघुरो भएको भन्दै व्यापक विरोध भएपछि फेरि सच्याएर अर्को विज्ञापन खुलाइएको हो ।
हेर्नुहोस् नयाँ विज्ञापन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved