सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँटमा सबै दलको आ– आफ्नै अडान

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँटमा सबै दलको आ– आफ्नै अडान
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न नसकेको गठबन्धनको बैठक आज पनि बस्दै छ । गएराति अबेरसम्म बसेको सत्तासाझेदार दलको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि बस्ने भएको हो । बैठक विहान बोलाइएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा मुख्य दलहरुले बढी सिट दाबी नछोड्दा अन्य साना दलहरुलाई चित्त बुझाउन नसकेपछि आज विहान बैठक बसेर टुंगोमा पुग्ने नेताहरुले बताएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

१९ सिटका लागि निर्वाचन हुदैछ तर दलहरुको दाबी भने २६ पुगेको छ । कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका छन् । भोलि उम्मेद्वारी दर्ताको निर्वाचन कार्यतालिका छ ।

समय सिमाका कारण पनि आज बस्ने बैठकले दलहरुलाई निश्कर्षमा पुग्न दबाब दिने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved