त्रिवि उपकुलपति नियुक्तिका लागि गरिएको विज्ञापनमा अनेरास्ववियूको आपत्ति

नेपालभ्युज

त्रिवि उपकुलपति नियुक्तिका लागि गरिएको विज्ञापनमा अनेरास्ववियूको आपत्ति

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिबारे सार्वजनिक गरिएको सूचनाप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । उम्मेदवार हुनका लागि पेस गर्नुपर्ने कागजातमा घुमाउरो तरिकाले आफ्नो मान्छे राख्न खोजिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

प्रकाशित सुचनाको बुँदा नं. (ङ) को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधान राखिएको छ । यसबाट आफ्नो मान्छेलाई उपकुलपति बनाउन लागिएको अनेरास्ववियुले आरोप लगाएको हो ।

शुक्रबार अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै योग्य व्यक्तिहरुलाई खुला प्रतिस्पर्धाबाट बञ्चित गराउने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हावी हुन दिने वर्तमान गठबन्धन सरकारको मनशाय रहेको स्पष्ट हुने बताएको छ । ‘यस घटनाक्रमले प्रधानमन्त्रीको त्रिभुवन विश्वविद्यालय सुधार गर्ने भन्ने अभिव्यक्ति जनताको आँखामा छारो हाल्ने काम मात्र भएको प्रमाणित भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयको उपकुलपति पहिलोपटक खुला प्रतिष्पर्धाबाट छानिने भन्दै आवेदन माग गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved