पशुपतिनाथ आर्यघाट क्षेत्रको गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न मनाही

नेपालभ्युज

पशुपतिनाथ आर्यघाट क्षेत्रको गंगा आरती र दीप प्रज्वलनको भिडियो खिच्न मनाही
फाइल फोटो

काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले बिहीबार एक सूचना जारी गर्दै गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही गरिएको जानकारी दिएको  हो ।

यस्तै सो क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने सूचनामा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved