नेपालले पहिलाेपटक क्रिकेटको ए टिम बनाउने

नेपालभ्युज

नेपालले पहिलाेपटक क्रिकेटको ए टिम बनाउने

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले नेपालको ए क्रिकेट टिम निर्माण गर्ने भएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयाजित कार्यक्रममा सार्वजनिक गरिएको क्यालेन्डरमा सचिव पारस खड्काले ए टिम निर्माणको तयारीमा रहेको बताएका हुन्।

सचिव खड्काले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितापश्चात ए टोली निर्माण गरिने बताए।

उनले भने, ‘पुरुष प्रधानमन्त्री कप प्रतियोगिता सकिएलगतै हामी ए टिमको घोषणा गर्नेछौँ। सीडब्लूसीअन्तर्गत राष्ट्रिय टोली नामिबिया र नेदरल्यान्ड्सँग प्रतिस्पर्धा हुँदा नेपालको ए टिमले क्यानडासँग खेल खेल्ने छ।’

प्रधानमन्त्री कप १२ जनवरी देखि ३ फेब्रुअरीमा संचालन गरिने छ। यस्तै विश्वकपको लागि नै तयारी गरिरहेको क्यानडाले नेपालमा तालिम गर्ने प्रस्ताव गरेको पनि सचिव खड्काले बताए। उनले भने,‘क्यानडाले नेपालमा आएर तालिम गर्ने प्रस्ताव गरेको छ। सो प्रस्तावमा क्यानडाले नेपालसँग १०–१४ फेब्रुअरीको बीचमा ३ एकदिवसीय खेल खेल्ने गरे। यसपश्चात १० दिन नेपालमा नै प्रशिक्षण गर्नेछन्।’

राष्ट्रिय टोलीले त्रिवि मैदानमा सीडब्लूसी खेल्दै गर्दा ए टिमले भने मूलपानी क्रिकेट मैदानमा क्यानडासँग ३ एकिदवसीय र सम्भवत: टी–२० पनि खेल्ने योजना अघि बढाइरहेको सचिव खड्काले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved