भारतीय विदेशमन्त्री जयशंकर शीतलनिवासमा, प्रधानमन्त्रीलाई भेटेपछि मात्रै आयोगको बैठकमा जाने

जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलबाट भेटवार्ता थालेका हुन् । त्यसपछि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारस्थित निवासमा पुग्नेछन् । त्यसपछि मात्रै परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुनेछन् ।

नेपालभ्युज

भारतीय विदेशमन्त्री जयशंकर शीतलनिवासमा, प्रधानमन्त्रीलाई भेटेपछि मात्रै आयोगको बैठकमा जाने

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका छन् ।

बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलबाट भेटवार्ता थालेका हुन् । त्यसपछि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न मध्याह्न १२ बजे बालुवाटारस्थित निवासमा पुग्नेछन् ।

त्यसपछि उनी दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुनेछन् । दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने तालिका छ भने साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको समय निर्धारण गरिएको छ ।

दुई देशका मन्त्रीले ३ वटा विद्युत् प्रसारण लाइनको संयुक्त उद्घाटन गर्ने, यस्ता छन् अरू एजेन्डा

बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । भोलि शुक्रबार उनी बिहान ८ बजे उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न जानेछन् । १२ बजेपछि उनी नयाँ दिल्ली फर्किनेछन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू छन् ।

जयशंकरको नेपाल भ्रमण, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएको सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved