शिवराजको हत्या प्रेमिकाका श्रीमानले गरेको खुलासा, शेरबहादुरसहित तीनजना पक्राउ

नेपालभ्युज

शिवराजको हत्या प्रेमिकाका श्रीमानले गरेको खुलासा, शेरबहादुरसहित तीनजना पक्राउ

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका– ६ का शिवराज केसीको हत्या उनकै प्रेमिकाका श्रीमानले गरेको खुलासा भएको छ ।

दाङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी केसीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनकै प्रेमिकाका श्रीमानलाई सार्वजनिक गरेको हो ।

प्रहरीले शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई पक्राउ गरेको छ ।

केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा भेटिएको थियो । उनको छातीमा भरूवा बन्दुक लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार भएको थापा पाएपछि घटना भएको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved