राष्ट्रिय सभामा एमालेलाई सिट दिने विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु

नेपालभ्युज

राष्ट्रिय सभामा एमालेलाई सिट दिने विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागबण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु सहभागी छन् ।

हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति भएको थियो ।

दुई दलबीच एमालेलाई पनि राष्ट्रिय सभमा सिट दिने सहमति भएको भनिएको छ । सत्ता गठबन्धनको बैठक सकिएपछि एमालेसहितको बैठक बस्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved