दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार

नेपालभ्युज

दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार

काठमाडौं । दक्षिण कोरियाका विपक्षीदलका नेतामाथि छुरा प्रहार गरिएको छ । सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा थोरै मतले पराजित ली जे–म्युङलाई आज बिहान उनको घाँटीको देब्रे भागमा छुरा प्रहार गरिएको हो ।

दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा उनी माथि छुरा प्रहार गरिएको कोरियन संचारमाध्यमहरुले जनाएका छन् ।

नेता लीसँग अटोग्राफ माग्ने क्रममा आक्रमणकारीले अचानक छुरा प्रहार गरेको समाचारहरुमा जनाइएको छ ।

छुरा प्रहारपछि ली भुईमा लडेका थिए ।

उनलाई तत्कालै अस्पताल लगिएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । आक्रमणको बारेमा खुलाइएको छैन ।

५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता हुन् । ली सन् २०२७ मा हुने अर्को राष्ट्रपतीय निर्वाचनको तयारीमा थिए ।

उनीमाथि अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधिन छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved