संसदीय समितिमा पूर्व र बहालवाला गृहमन्त्रीबीच ‘हिलो छ्यापाछ्याप’, को-कति ओभानो ?

राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दोहोरी नै चलेको छ ।

नेपालभ्युज

संसदीय समितिमा पूर्व र बहालवाला गृहमन्त्रीबीच ‘हिलो छ्यापाछ्याप’, को-कति ओभानो ?

काठमाडौं । राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दोहोरी नै चलेको छ ।

सोमबारको समिति बैठकमा पूर्वगृहमन्त्री लामिछाने र बहालवाला गृहमन्त्री श्रेष्ठबीच दोहोरी चलेको हो ।

बैठकमा लामिछानेले गृहमन्त्रीमा एकचिम्टि पनि नैतिकता नभएको टिप्पणी गरेका थिए । खासगरी बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवको मृत्यु भएको विषयमा गृहमन्त्रीमाथि खनिएका लामिछानेले यस्तो टिप्प्णी गरेका हुन् ।

गृहमन्त्री अझै मन्त्रीको गाडी पहिले जलेको हो कि गोली पहिला चलेको भन्नेमा कम्फ्यूज भएको भन्दै उनले भनेका थिए– तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ ।’

यसअघि विभिन्न कार्याक्रममा पनि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका थिए । बालुवाटार जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा गृहमन्त्रीले छानीछानी दोषीलाई छाडेको लामिछानेको आरोप थियो ।

लामिछानेको प्रतिवादमा गृहमन्त्री श्रेष्ठले भने–

आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नु भएन । त्यस्तो त हुन्न । दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइन्छ, तर प्रतिशोध शून्य ।

६० किलो सुन काण्डमा सीआईबीलाई छानबिन गर्न ल्याइयो त्यो किन ल्याइयो त भन्दा आफ्नो प्रहरी परिचालन गरेर आफ्नो नजिकका मान्छेलाई छुट दिन सकिन्छ र दोषीलाई उम्काउन सकिन्छ भन्ने आशय राखेर सीआईबीमा ल्याइयो भन्ने कुरा अहिले के भन्ने र ? त्यो माग गर्ने उहाँ नै हो एउटा ? यो त संगठित अपराध हो नि राजस्व अनुसन्धानमा राखेर हुन्छ ? भनेर माग गर्ने उहाँ नै हो ।

सबै पार्टीले माग गरेपछि प्रधानमन्त्रीको लेबलमा बसेर सामूहिक निर्णय गरेर सारेका हौं । मैले प्रमाण दिएको व्यक्तिलाई उम्काइयो भन्नुभयो म चुनौती दिन्छु उहाँले दुईजना व्यक्तिको कुराकानी गर्नुभएको छ। त्यसपछि प्रहरीले प्रतिवाद दाबी गरेको छ फरार छ पुलिसले खोजिरहेको छ– जीवन चलाउने । अर्को व्यक्ति सुन काण्डमा देखिएको छैन छानबिनको दायरा अरु क्षेत्रमा गर्नुपर्ने हुनसक्छ भनेर सीआईबीले भनेको छ । कुनै कुरा कहीँ कतैबाट थप अनुसन्धान गर्नुपर्‍यो भने ठीक हुँदैन भनेर निर्देशन दिएको छु ।

म त के दावा गर्छु भने राजनीतिक हस्तक्षेप करिब करिब भन्छु, म हन्ड्रेड पर्सेन्ट त कसरी भनुँ ? फेरि यो सरकार भनेको पनि म मात्रै होइन, गृहमन्त्री मात्रै होइन । तैपनि यति न्यूनतम गरिएको छ कि पूरै प्र्रहरी संगठनलाई आफ्नो सिष्टम, मापदण्डअनुसार काम गर्ने वातावरण अहिले बनाइएको छ । र, अर्को कुरा चाहीँ म ग्यारेन्टी गर्छु– यो अहिले मात्रै होइन, ५० वर्षपछि छानबिन गरेपनि त्यो पत्ता लाग्यो भने म जिम्मेवारी लिन्छु ।

त्यो के हो भने प्रमोशन गर्दा, सरुवा गर्दा पैसाको चलखेल शुन्यमा झारिएको छ । गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले प्रमोशन गर्दा पैसा लियो, सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न अहिले तपाईले । यो ग्यारेन्टी गरिन्छ । त्यसकारणले हामीले राजनीतिक हस्तक्षेप होइन, त्यसबाट मुक्त गर्दै तत्काल काम गर्ने प्रक्रिया अघि बढाइएको छ । यो कुरा पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved