इपिएलमा आर्सनल र बर्नमाउथ पराजित

नेपालभ्युज

इपिएलमा आर्सनल र बर्नमाउथ पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा फुलहमले आर्सनललाई २–१ गोलले पराजित गरेको हो । १३ औँ स्थानमा रहेको फुलहमसँग चौथो स्थानमा रहेको आर्सनले हार ब्योहरेको हो ।

जितसँगै फुलहमको २० खेलबाट २४ अंक भएको छ भने आर्सनलको २० खेलमा ४० अंक छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनहमले बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको छ । २० खेल खेलेको टोटनहमको ३९ अंक छ ।

टोटनहम लिगको पाँचौँ स्थानमा छ । १९ खेलबाट २५ अंक जोडेको बर्नमाउथ भने १२औँ स्थानमा छ । पहिलो स्थानमा रहेको लिभरपुलको ४२ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved