मन्त्री किराती भन्छन् : यहाँ काम गर्न गाह्रो छ, कसैले कुरै बुझ्दैनन्

नेपालभ्युज

मन्त्री किराती भन्छन् : यहाँ काम गर्न गाह्रो छ, कसैले कुरै बुझ्दैनन्
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताएका हुन् ।

नेपालको पर्यटन नेपालीपनको हुुनुपर्नेमा जोड दिएको उनको भनाइ छ । मन्त्री किरातीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताए ।

मन्त्री किरातीले नेपालको प्रकृति र संस्कृतिको समायोजन गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यक्ता औंल्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved