बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन कांग्रेसको माग

नेपालभ्युज

बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन कांग्रेसको माग

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ ।

पुस १२ गते सुरू भएर आज सकिएको बैठकको निर्णय सुनाउँदै नेता मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिए ।

“बालकुमारीको इपिएस शाखा क्षेत्रमा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन सरकारसँग माग गर्ने निर्णय गरेका छौँ,” नेता विश्वकर्माले भने ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह ठकुरी र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved