मिटरब्याज पीडित र प्रहरीबीच झडप

नेपालभ्युज

मिटरब्याज पीडित र प्रहरीबीच झडप

मलगंवा । मिटर ब्याज पीडित संघर्ष समिति सर्लाहीका एक सदस्यलाई प्रहरीले पक्राउ गरेपछि यहाँ तनाव उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको टोलीले संघर्ष समितिका सदस्य लालबन्दी नगरपालिका–२ नवलपुर निवासी फतमा खातुनलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले खातुनलाई पक्राउ गरेपछि मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा उनीहरूले ढुङ्गामुढा गर्न थालेपछि स्थितिलार्य नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि मिटरब्याज पीडितले प्रशासन कार्यालय सर्लाही अगाडी टायर बालेर प्रर्दशन गरेका थिए । अहिले उनीहरु कृषि ज्ञान केन्द्र अगाडि सडक अवरोध गरेर बसेका छन् ।

गत मंसिर  २० गते जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित र साहुकारबीच छलफलको क्रममा साहुकारलाई फतमाले कुटपिट गर्नथालेपछि प्रहरी सहायक हबल्दार सीता कार्की छुट्याउन जाँदा फतमाले उनीमाथि पनि हातपात गरेकी थिइन् । प्रहरीमाथि फतमाले अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाएको छ ।

सोही मुद्दामा फतमालाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि उनी केहीदिन देखि लुकीछिपि बस्दै आएकी थिइन् । तर आज दिउँसो उनी पक्राउ परेपछि तनाव भएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज प्रहरीलाई कुटपिट गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका–५, मोहनपुर निवासी तैयब मन्सुरलाई पनि पक्राउ गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले  जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved