एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने

नेपालभ्युज

एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने

दुबई । एयर अरेबियाले बुधबार काबुलका लागि दैनिक उडान गर्ने घोषणा गरेको छ र यो अफगानिस्तानको राजधानी काबुलमा सेवा प्रदान गर्ने संयुक्त अरब इमिरेट्स (युएई) को दोस्रो एयरलाइन बनेको छ ।
शारजाहस्थित बजेट क्यारियरले जनवरी १० देखि दिनको एक पटक काबुलबाट लगातार उडान भर्नेछ ।

समूहका प्रमुख कार्यकारी अधिकृत अदेल अल अलीले भने, “यो सेवाले यात्रुहरूलाई मूल्यमा आधारित र किफायती हवाई यात्राका साथै अन्वेषण गर्न नयाँ गन्तव्यहरू प्रदान गर्नको लागी हाम्रो निरन्तर समर्पणको प्रमाण हो ।

सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि गत महिना फ्लाई दुबई अफगानिस्तानमा उडान सुरु गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बनेको थियो ।

सर्वसाधारणको सामूहिक उद्दारका क्रममा काबुल विमानस्थलमा भद्रगोल अवस्था बनेको थियो । विमानस्थल परिसरमा नै आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको मृत्यु भएको थियो।

काबुल विमानस्थलको पूर्ण सञ्चालनलाई अफगानिस्तानको बिग्रिएको अर्थतन्त्रलाई पुनःरुत्थान गर्न महत्वपूर्ण मानिएको छ ।

फ्लाई दुबईबाहेक अफगानिस्तानको काम एयर र एरियाना अफगान एयरलाइन्सले काबुलबाट दुबई, मस्को, इस्लामाबाद र इस्तानबुललगायत गन्तव्यमा सीमित उडान भर्दै आएका छन् ।

गत वर्ष संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जीएएसीले अफगानिस्तानको हवाई यातायात व्यवस्थापनका लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो। एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved