रुसमाथि युक्रेनको कडा प्रहार, बन्दरगाहमा रहेको विशाल जहाज ध्वस्त

नेपालभ्युज

रुसमाथि युक्रेनको कडा प्रहार, बन्दरगाहमा रहेको विशाल जहाज ध्वस्त
फोटो : अलजजिरा

काठमाडौं । रुसले ब्लयाक सी बन्दरगाहमा आफ्नो एउटा विशाल युद्धपोत युक्रेनको आक्रमणका कारण क्षतिग्रस्त भएको बताएको छ  । युक्रेनले गरेको हवाई आक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने अन्य सयौं घाइते भएका छन् ।

रुसी सरकारले युक्रेनी आक्रमणमा आफ्नो लडाकु पानी जहाज ध्वस्त भएको पुष्टि गरेको छ । रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसियामा युक्रेनले आक्रमण गरेको हो । युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना युद्धक विमानहरूले जहाजलाई ध्वस्त पारेको बताएका थिए ।

युक्रेनको आक्रमणबाट नजिकैका ६ वटा भवनमा पनि क्षति पुगेको छ । आसपासका सर्वसाधारणलाई अस्थायी शिविरमा सारिएको छ । आक्रमणपछि लागेको आगो रसियाले नियन्त्रणमा लिइसकेको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved