पर्यटनमन्त्रीको दाबीः देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो

नेपालभ्युज

पर्यटनमन्त्रीको दाबीः देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् ।  मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री भइसकेपछि करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताए । उनले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए ।

उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए । उनले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए ।

उनले भने, ‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । वायुसेवा निगमको कुरा गर्ने हो भने आएको एक महिनामा इ टिकेटिङ लागू गरेका थियौँ । अहिले भर्खरै मात्रै तीन वटा जहाज खरिद प्रक्रियामा दुर्गम क्षेत्रमा उड्ने जहाजहरु खरिद प्रक्रियामा अघि बढीरहेका छौँ ।’

मन्त्री किराँतीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पुर्‍याएको बताए । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved