अशक्त बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

नेपालभ्युज

अशक्त बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

बारा । सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा एक युवकलाई जन्मकैदको फैसला सुनाइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो ।

बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।

बारा जिल्ला अदालतले प्रतिवादी उपरको किटानी जाहेरी, घटनास्थलको मुचुल्का, घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्रलाई प्रमाणको रूपमा लिएर फैसला सुनाएको हो ।

उक्त घटनामा डा. सुरजकुमार चौरसियाले बालिकाको शारीरिक परीक्षण गरेका थिए । डा. चौरसियाको बयानमा पीडित बालिकाको बुवा र उनका साथी एउटै मिलमा काम गर्ने भएकोले बुवाले छोरीलाई हेरविचारको लागि डेरा कोठामा छाडी जाने गरेका थिए ।

घटना भएको दिन पीडितको बुवाको साथीले बालिका सुतिरहेको अवस्थामा अर्को कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।  घटनापछि पीडित बालिका बोल्न नसक्ने अवस्थामा भएकाले घटनाबारे बहिनीले बयान दिएको डा. चौरसियाले बताए ।

प्रतिवादी हेमन चौधरी र पीडित बालिकाका बुवा लामो समयदेखि जीतपुरसिमरा– ७ स्थित फर्निचर उद्योगमा सँगै काम गर्दै आएका साथी हुन् । २०७९ असोज ८ गते पीडित बालिकाका अभिभावक काम विशेषले हेटौँडा गएको बेला काठ मिलमा सँगै काम गर्ने भुवन चौधरीको घरमा उनीहरूले छोराछोरी छाडेका थिए ।

चौधरीको पनि साना छोराछोरी भएकाले दिनभर उनीहरूसँगै खेल्ने गरेकोले पीडित बालिकाका अभिभावकले विश्वासको भरमा उनलाई त्यस दिन  चौधरीको घरमा छाडेका थिए । तर त्यही दिन चौधरीले राति करिब १० बजेको समयमा बालिकालाई सुतिरहेको ठाउँबाट उठाएर अन्यत्र लगेर जबरजस्ती करणी गरेका थिए । घटना पश्चात् बालिका रोई कराइ गरेपछि चौधरीले सुरुमा पैसा दिन्छु भन्दै फकाएको र नमानेपछि घटनाबारे कसैलाई भने मार्ने धम्की दिएका थिए ।

गत असोज ८ गते राति भएको घटनामा पीडित बालिकाको अभिभावकले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ३ (क) बमोजिम सजायको माग गर्दै बारा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved