शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक : सचेतक बर्तौला

नेपालभ्युज

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक : सचेतक बर्तौला

काठमाडौँ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक देखिएका छन् । सरकार पीडित केन्द्रित कानुन बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बिचमा नेताहरुको छलफल भएको र पीडितमैत्री कानुन बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताए ।

उनले भिक्टिमले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बन्ने सहमति शीर्ष नेताहरुमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रस्तुत हुने बताए । उनले सरकार पीडितमैत्री कानुन बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिब करिब जुटेको बताए ।

सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरु एकजुट भई संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved