आफूमाथि खोया प्रहार भएपछि के भने रवि लामिछानेले ?

नेपालभ्युज

आफूमाथि खोया प्रहार भएपछि के भने रवि लामिछानेले ?

काठमाडौं । पोखराको सम्बोधन गर्ने क्रममा आज राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भयो । उनलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका हुन् ।

लामिछानेले खोया प्रहार पछि पनि सम्बोधन गरेका थिए । उनले अझ ठूलो छाति पारेर चोक, गल्ली अनि सुभा समारोहमा हिँड्ने बताए । ‘गल्ली गल्ली हिँड्छु, खुलम्खुल्ला हिँड्छु ।’ उनले भने । उनले आफू कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको प्रष्ट पारे ।

‘कतै टाउको निहुँराउदिनँ, अझ सहज तरिकाले प्रस्तुत हुन्छु,’ उनले भने, ‘जतिसुकै प्रहार भए पनि, जतिसुकै संयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि म अटल हुन्छु ।’

कार्यक्रममा सहभागीहरुकाअनुसार अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि अगाडिबाट खोया प्रहार भएको थियो । शनिबार पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गगर्न उनी त्यहाँ पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved