एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

नेपालभ्युज

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । मध्यपहाडी यात्राबाट हौसिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

मध्यपहाडका समस्या र समाधानका उपायका बारेमा पत्रकार सम्मेलनमा जानकारी गराइने एमालेले जनाएको छ । मध्यपहाडी यात्रामा जनताले भव्य रुपमा साथ दिएको एमालेको निष्कर्ष छ ।

यसअघि हिजो बसेको सचिवालयको बैठकमा एमालेको पहाडी यात्रालाई जनताले अपनत्व लिएको नेताहरुले निश्कर्ष निकालेका थिए । आजका लागि तोकिएको एमालेको पूर्व निर्धारित कार्यक्रम भने ८ गतेका लागि सारिएको प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार मध्यपहाडी यात्राको समिक्षासहितको पत्रकार सम्मेलन भने आठ गतेका लागि सारिएको छ ।

१८ दिन लामो यात्राको प्रतिवेदन लेखन, कार्यक्रमको विश्लेषणलगायत अन्य कार्यक्रमहरुको तयारीमा केही समय लाग्ने भएकोले सार्वजनिक कार्यक्रम तीन दिन पर सार्नु परेको गौतमले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved