दाङ दुर्घटना : मृतकका परिवारलाई ६ लाख दिइने

नेपालभ्युज

दाङ दुर्घटना : मृतकका परिवारलाई ६ लाख दिइने

काठमाडौं। दाङको घोराही उपमहानगरपालिकामा भएको दुर्घटनाबाट मृत्यु भएका दुई युवाको परिवारलाई राहत दिइने सहमति भएको छ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका दुई जनाको परिवारलाई ६ लाखका दरले राहत दिन लागिएको हो ।

आइतबार ट्रक समिति र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय दाङमा भएको छलफलबाट यस्तो सहमति जुटेको हो । मृतकका परिवारलाई ६/६ लाख दिइने र मोटरसाइकल नयाँ किनिदिने सर्त भएको पीडित पक्षले जनाएको छ ।

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सवार प्यूठानका दुई किशोरको मृत्यु भएको थियो। सहमतिमा शवलाई प्यूठानसम्म लगिदिने सम्झौतासमेत भएको हो । अहिले शवलाई प्यूठान लैजाने तयारी गरिएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

शुक्रबार राति रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका प्यूठानको झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको उपचारका क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved