समाचारमा केन्द्रीत भएर मात्रै प्रिन्टेड मिडियाहरु अब सञ्चालन हुन सक्दैनन्ः मन्त्री शर्मा

नेपालभ्युज

समाचारमा केन्द्रीत भएर मात्रै प्रिन्टेड मिडियाहरु अब सञ्चालन हुन सक्दैनन्ः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रीत भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चालन हुन नसक्ने बताएकी छन् ।

आइतबार काठमाडौंमा द राइजिङ नेपालको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।

उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताइन् । सूचना जनतासमक्ष लैजाने एउटा पाटो भएपनि जनताका कुराहरु र गुनासाहरु सरकारसम्म पुर्‍याउने काम पनि सञ्चारमाध्यमको भएको उनले भनाइ राखिन् । मन्त्री शर्माले जनतासम्म सरकारले गरेका निर्णयहरु पुर्‍याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन् ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताए । समाचार विश्वसनीय र गुणस्तरीय बनाउँदै लैजँनुपर्ने चुनौती अहिले देखिएको र त्यसमा गोरखापत्र संस्थानले काम गरिरहेको उनको भनाइ छ । उनले समाचारका लाथि २४ घण्टा किन कुर्ने भन्नेकुरा नै अहिलेको चुनौति रहेको बताए ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले नागरिकले के चाहन्छन् भन्नेकुरालाई बुझ्न सकेन भने पत्रकारिताको अस्तित्व संकटमा पर्नसक्ने बताए । उनले पत्रकारितामा प्रविधिको विकास अनिवार्य रहेको र प्रविधिको विकास चुनौति मात्रै नभइ अवसर पनि भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved