मोटरसाइकल दुर्घटनामा वडासदस्यको मृत्यु

नेपालभ्युज

काठमाडौं । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । दुर्घटनामा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । लुइँटेल नेपाली कांग्रेसबाट निर्वाचित सदस्य हुन् ।

वडासदस्य लुइँटेल सवार मोटरसाइकललाई कुन गाडीले ठक्कर दिएको हो पत्ता लागेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले ठक्कर दिने गाडी ट्याक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved