७ पुसदेखि दैनिक ४ घण्टा बन्द हुँदै नारायणगढ-मुग्लिन सडक

नेपालभ्युज

७ पुसदेखि दैनिक ४ घण्टा बन्द हुँदै नारायणगढ-मुग्लिन सडक
फाइल फोटो

चितवन । तुइन खोलामा पुल निर्माण गर्न पहाड काट्नुपर्ने भएकोले पुस ७ गतेदेखि दैनिक ४ घण्टा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुने भएको छ ।

पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्ने निर्णय शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरूको बैठकले गरेको हो ।

तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने उक्त बैठकले निर्णय गरेको छ । गत वर्ष पनि यही समय पुस ५ गतेबाट यही खण्डमा पुल निर्माणको लागि सडक बन्द गरेर पहाडको भित्ता काटिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved