भक्तपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

नेपालभ्युज

भक्तपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई बा ४ ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।

शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका–२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि दुर्घटना भएको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved