एमाले अध्यक्ष ओली आज दिनभरी जन्मथलोमा

नेपालभ्युज

एमाले अध्यक्ष ओली आज दिनभरी जन्मथलोमा

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रा आज तेह्रथुमकोे संक्रान्ती पुग्दै छ । बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्ने भएको हो ।

तेह्रथुमको वसन्तपुरबाट सुरु भएको यात्रा साँझ आठराई गाउँपालिकाको पर्यटकीय स्थल संक्रान्ती बजारमा पुगेर बास बस्ने कार्यतालिका छ । संक्रान्ति पुग्ने क्रममा विभिन्न स्थानका स्थानीय बासिन्दा ,राजनीतिक दलका नेताहरु, जनप्रतितिनिधीसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रियाको कार्यक्रम बनाइएको छ ।

अध्यक्ष नेतृत्वको टोली आज दिनभर तेह्रथुम जिल्लाका साना तिना कार्यक्रममा व्यस्त हुने छ । एमाले टोली साँझ संक्रान्ती बजारमा पुगेर बास बस्ने छ ।

मध्यपहाडका समस्याको पहिचान र तिनको समाधानका उपाय खोज्ने भन्दै एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ जिल्लाको यात्रा गरेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved