ज्याकेटमा सुन तस्करी प्रकरण – अहिलेसम्म ५ जना पक्राउ

नेपालभ्युज

ज्याकेटमा सुन तस्करी प्रकरण – अहिलेसम्म ५ जना पक्राउ

काठमाडौं । ज्याकेटमा सुन ल्याइएको प्रकरणमा पाँच जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद भएको १४ किलो सुन प्रकरणमा अहिलेसम्म पाँच जना पक्राउ परेका हुन् ।

मङ्सिर २१ गते राति फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा बिहीबार प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच जना पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

यस प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

यस प्रकरणमा विमानस्थलका सरसफाइ सहयोगी दुई जना गरी अहिलेसम्म पाँच जना पक्राउ परेका प्रमुख भन्सार प्रशासक डा. पाण्डेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved