प्रधानमन्त्रीको सचिवालयले भन्यो- आफ्नो स्वार्थ पूरा नभएपछि अमरेश भ्रामक प्रचारमा लागे

सांसद सिंहले आइतबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गङ्गा दाहालले विभिन्न मितिमा व्यापारीहरूसँग रकम बुझेको कुरा आफ्नो फेसबूक ह्यान्डलमा लेखेका थिए । प्रधानमन्त्री सचिवालयले यसको खण्डन गरेको छ ।

नेपालभ्युज

प्रधानमन्त्रीको सचिवालयले भन्यो- आफ्नो स्वार्थ पूरा नभएपछि अमरेश भ्रामक प्रचारमा लागे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिको खण्डन गरेको छ ।

सांसद सिंहले आइतबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गङ्गा दाहालले विभिन्न मितिमा व्यापारीहरूसँग रकम बुझेको कुरा आफ्नो फेसबूक ह्यान्डलमा लेखेका थिए । प्रधानमन्त्री सचिवालयले यसको खण्डन गरेको छ ।

“अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्,” सचिवालयले भनेको छ ।

आरोप पुष्टि गर्न सिंहलाई सापकोटाको चुनौती

सचिवालयले सांसद सिंहको अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको बताएको छ । “उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानूनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौँ,” सचिवालयले भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved