प्रस्तावित न्यायाधीशद्वय ढुंगाना र सुवेदीविरुद्ध गम्भीर अपराधमा संलग्न भएको आरोप

अनुमोदन नगर्न समितिसमक्ष आग्रह

संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीविरुद्ध गम्भीर अपराधमा संलग्न भएको आरोप लागेको छ ।

नेपालभ्युज

प्रस्तावित न्यायाधीशद्वय ढुंगाना र सुवेदीविरुद्ध गम्भीर अपराधमा संलग्न भएको आरोप

काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीविरुद्ध गम्भीर अपराधमा संलग्न भएको आरोप लागेको छ ।

आइतबार सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध परेको उजुरीमाथिको छलफलमा भाग लिँदै उजुरीकर्ता पुष्पप्रसाद गुरागाईंले संविधान र कानूनविपरीत उच्च अदालत पाटनमा रहँदा ढुंगानाले भन्सार र चमेलियाको मुद्दामा राज्यलाई करोडौं नोक्सान पुर्याएको दाबी गरेका छन् । उनले ढुंगानालाई समितिले सर्वोच्चको न्यायाधीशमा अनुमोदन नगर्न आग्रहसमेत गरेका छन् ।

‘धरौटी नराखी दर्ता भएका भन्सारको मुद्दा फैसला गर्दा २८ करोड १७ लाख २६ हजार ७३३ रुपैयाँ राजस्व खातामा दाखिला नभइ निर्णय बदर भएको छ । नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेको प्रमाण मिसिल रहँदारहँदै चमेलियाको फैसला गर्दा ३७ करोड ९७ लाख ११ हजार २१ रुपैयाँ फैसला गर्दा नेपाल सरकारलाई नोक्सान भएको छ’, उजुरीकर्ता गुरागाईंको दाबी छ ।

अर्का उजुरीकर्ता चिरिञ्जीविभक्त पौडेलको तर्फबाट बोल्दै खडकभक्त पौडेलले राकेशभक्त पौडेल हत्याकाण्डको फैसलामा पीडित पक्षको समेत सुनुवाइ नगरेकाले सारंगा सुवेदीलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा गरिएको सिफारिस अनुमोदन नगर्न समिति समक्ष आग्रह गरे । उनले ३३ किलो सुन प्रकरणका अभियुक्तलाई रिहा गर्ने फैसला पनि सुवेदीले गरेको आरोप लगाएका छन् ।

सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको अर्को बैठक मङ्सिर १९ गते बस्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved