गगनको प्रश्नः कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?

नेपालभ्युज

गगनको प्रश्नः कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताएका छन् ।

आईतबार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताए । एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको उनले भनाइ राखे । उनले काँग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै प्रश्न गरे ।

‘केही समयअघिसम्म एउटा काण्ड जताततै थियो । सुन काण्ड थियो, नक्कली भूटानी शरणार्थी प्रकरण थियो । अब एनसेल काण्ड आयो,’ उनले भने, ‘अब यो केही दिन यही चल्छ । यो सेलाउन पाएको छैन, अर्को आउँछ । यो काण्ड कुशासनसँग जोडिएको छ । कुशासन की नियतसँग जोडिएको छ कि अयोग्यतासँग जोडिएको छ ।’

महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved