इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित

नेपालभ्युज

इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लासँग आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनलले एस्टोन भिल्लालाई १–० गोल अन्तरले हराएको हो ।

जितसँगै एस्टोन भिल्लाले आर्सनलसँगको अंक दूरी घटाएको छ । दोस्रो स्थानमा धकेलिएको आर्सनलको ३६ अंक छ भने एस्टोन भिल्लाको ३५ अंक भएको छ ।

गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० ले पराजित भएको छ भने सेफिल्ड युनाइटेडले बेनफोर्डलाई १–० गोल अन्तरले हराएको छ ।

त्यस्तै, ब्राइटन र बर्नली तथा वल्भ्स र नटिंघम फरेस्टले एक–एक गोलको बराबरी खेलेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved