परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपीन जोशीको रिहाइका लागि पहल गर्ने

नेपालभ्युज

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपीन जोशीको रिहाइका लागि पहल गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतारको दोहा प्रस्थान गरेका छन् । २१ औं दोहा फोरममा सहभागी हुन उनी शनिबार कतार प्रस्थान गरेका हुन् ।

मन्त्री साउद शनिबार बिहान ७ः४५ बजेको कतार एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ प्रस्थान गरे ।

साउदले आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् । उनले कतारमा उच्चस्तरीय भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ । सो भेटघाटमा मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

मन्त्री साउदले कतारमा विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेट गर्ने तालिका रहेको छ । सो भेटमा विपिन जोशी रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरिने सचिवालयले जनाएको छ ।

मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved