विपिनका बुवालाई प्रधानमन्त्रीको सान्त्वना- छोराको रिहाका लागि पहल गरिरहेका छौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल युद्धमा बेपत्ता भएका विपिन जोशीका रिहाइका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।

नेपालभ्युज

विपिनका बुवालाई प्रधानमन्त्रीको सान्त्वना- छोराको रिहाका लागि पहल गरिरहेका छौँ

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल युद्धमा बेपत्ता भएका विपिन जोशीका रिहाइका लागि सरकारले पहल गरिरहेको बताएका छन् । धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई विपिनका बुवा महानन्द जोशीले भेट गरेका थिए ।

विमानस्थलमा भएको भेटमा प्रधानमन्त्रीले विपिनका बुबालाई छाेराको रिहाका लागि पहल गरिरहेको सान्त्वना दिएका हुन् । त्यस क्रममा महानन्द जोशीले छोराको रिहाईका लागि पहल गर्न प्रधानमन्त्रीलाई अपिल गरेका थिए ।

‘हामी पहल गरिरहेका छौँ । केही सकारात्मक उपलब्धि हुन सक्छ ।’ प्रधानमन्त्रीले विपिनका बुवालाई भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved