प्रिमियर लिगमा एभर्टन र वेस्ट ह्याम विजयी

नेपालभ्युज

प्रिमियर लिगमा एभर्टन र वेस्ट ह्याम विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले न्यूक्यासल र वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई हराएका छन् । गएराति सम्पन्न खेलमा एभर्टनले न्यूक्यासललाई ३–० गोल अन्तरले हराएको हो । एभर्टनलाई जीत दिलाउन मेक्लिन, डुकोरे र बेटोले एक÷एक गोल गरे ।

जितसँगै एभर्टनले १० अंक जोडेको छ । यस्तै, गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले टोटनह्यामलाई २–१ गोल अन्तरले हराएको छ ।

वेस्ट ह्यामलाई जिताउन बोवेन र जेम्स वाडले एक÷एक गोल गरे । टोटनह्यामका तर्फबाट क्रिस्टियन रोमेरोले एक गोल फर्काए ।

जितसँगै २४ अंकसहित वेस्ट ह्याम नवौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved