मन्त्रिपरिषद्को बैठक बस्दै, के होला एजेण्डा ?

नेपालभ्युज

मन्त्रिपरिषद्को बैठक बस्दै, के होला एजेण्डा ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ ।

आज बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

नागरिकमा चुलिएको असन्तुष्टि र आर्थिक संकटका उपायका बारेमा पनि छलफल हुने स्रोतको दाबी छ । बैठक नियमित भएको एक मन्त्रीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved