अपडेट : सुन गाल्ने कारखानाबाट ८ किलो सुन बरामद

नेपालभ्युज

अपडेट : सुन गाल्ने कारखानाबाट ८ किलो सुन बरामद

काठमाडौं । प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने कारखानामा छापा मारेको छ । कारखानाबाट प्रहरीले ८ किलो सुनसहित कारखाना सञ्चालकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले अवैध सुन गाल्ने कारखाना पर्ल गोल्ड प्रालिका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार राति उक्त कारखानामा छापा मारेको थियो । कारखाना र अवैध सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved