गगन भन्छन्- एनसेल बिक्रीमा अर्बौँको घोटाला भएको हुनसक्छ

नेपालभ्युज

गगन भन्छन्- एनसेल बिक्रीमा अर्बौँको घोटाला भएको हुनसक्छ

ओखलढुङ्गा । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेल बिक्रीमा अर्बौँको घोटाला हुनसक्ने बताएका छन् ।

मङ्गलबार ओखलढुङ्गामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “त्यहाँ अर्बौँ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिन्छ,” उनले भने ।

उनले यस प्रकरणमा जस्तोसुकै माछा भएपनि छाड्न नहुने धारणा राखे ।

“कांग्रेस भएको सरकार हो । यो सरकारले यो खालको कुनै पनि काममा यदि कहीँकतैबाट पनि कानूनको दुरुपयोग भएको छ । जतिसुकै ठूलो मान्छे यसमा संलग्न भएको होस्, यदि ठूलै नेताको सम्पत्ति चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा लगानीको नाममा भित्र्याउने प्रयास भएको छ भने जो सुकै होस् दण्ड पाउँछ भन्ने विश्वास दिलाउनुपर्छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved