आक्रमणमा हमासका बटालियन कमान्डर खोजरी मारिएको इजरायली सेनाको दाबी

नेपालभ्युज

आक्रमणमा हमासका बटालियन कमान्डर खोजरी मारिएको इजरायली सेनाको दाबी
तस्वीरः आईडिएफ/एक्स

काठमाडौं। इजरायली रक्षा बल आईडिएफले प्यालेस्टिनी अतिवादी समूह हमासका कमान्डर हैथम खोजारीलाई मारेको दाबी गरेको छ।

सोमबार आईडिएफले खोजारीलाई मारेको एक्समा जानकारी गराएको हो। हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा खोजारीको संलग्नता भएको आईडिएफले जनाएको छ।

आईडिएफका अनुसार गाजास्थित मुख्य अस्पताल अल–शिफामा खोजारी सुरक्षा इन्चार्ज थिए। गाजाको दक्षिणी क्षेत्रमा भएको प्यालेस्टिनी शरणर्थी शिविर ‘शट्टी’ को कमाण्डरको रुपमा आईडिएफविरुद्ध खोजारीले लडाइँ गरेका थिए।

अस्पतालको मुनि हमासले महत्पूर्ण कमाण्ड सेन्टर बनाएको दाबी गर्दै इजरायली सेनाले दुई हप्ताअगाडि अल–शिफालाई निशाना बनाएको थियो। हमासले भने सो दाबीलाई नकार्दैँ आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved