देश प्रतिगमनमा फर्किन सक्दैन : एमाले अध्यक्ष ओली

नेपालभ्युज

देश प्रतिगमनमा फर्किन सक्दैन : एमाले अध्यक्ष ओली

सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिगमन आउन नसक्ने बताएका छन् । एमालेले आइतबार दैलेखको राकममा आयोजना गरेको संकल्प यात्रा कार्यक्रममा बोल्लै देशमा प्रतिगमन फर्किन नसक्ने बताएका हुन् ।

देशमा अहिले केही मानिसले प्रतिगमन आउने दाबी गरेको त्यो आउनै नसक्ने अध्यक्ष ओलीको दाबी थियो । ‘केही मानिसहरू प्रतिगमनतर्फ फर्कने कुरा गर्ने गरेका छन् ।’ उनले भने,‘त्यो देश र लोकतन्त्रविरुद्ध भएको छ । त्यो आउनै सक्दैन।’

अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्रभन्दा पञ्चायत नै ठिक थियो भन्न थालेको अध्यक्ष ओलीले बताए । ‘छिटो विकास भएन होला, अहिलेको गठबन्धन सरकारको कारणले विकासले गति लिन सकेन होला ।’ उनले भने, ‘हाम्रो जस्तो देशलाई उर्वर र समृद्ध बनाउन सकिन्छ ।’

एमाले सरकारबाट हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको अध्यक्ष ओलीले बताए । ‘गरिबी र महंगी बढ्यो । एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो ।’ उनले भने,‘फेरि पनि विकासका लागि एमाले चाहिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved